रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदय विजयी - Crazysaptahik.com

रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदय विजयी

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीश्चरेमा जारी ५ औं अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको शनिबार भएको खेलमा टेन नवोदयले संघर्षपूर्ण जित निकालेको छ ।

प्रतियोगिताको १५ औं मिनेटमा उर्लाबारीका डिफेन्स निरज बस्नेतले टेन नवोदयका बुद्ध चेम्जोङलाई डिबक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा उर्लाबारीका किपर चरी लिम्बु बाधक बन्दा टेन नवोदय गोल गर्नबाट चुकेको थियो । पहिलो पेनाल्टी बल टेन नवोदयका बुद्धले प्रहार गरेका थिए ।

यस्तैगरी खेलको २१ आंै मिनेटमा नवोदयका सनम तामाङले प्राहार गरेको बल गोल पोस्टमा ठोक्किएर फर्कदा टेन नवोदय गोल गर्नबाट चुक्यो । निर्धारित ७० मिनेटको खेलमा नतिजा आफ्नो पक्षमा पार्न टेन नवोदयलाइ हम्मेहम्मे परेको थियो ।

टेन नवोदयले खेलको ७० आंै मिनेट पाएको दोस्रो पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रुपेश केसीले गरेको प्रहारले जाली चुम्दा टेन नवोदय १–० ले बिजयी बन्न सफल बन्यो ।

उर्लाबारीले खेल अवधिभर पाएको सुनौलो अवसरहरुलाई सदुपयोग गर्न नसक्दा उर्लाबारी प्रतियोगिताबाट बाहिरिन पुग्यो । उर्लाबारीका लागि खेलको ५८ औ मिनेटमा राइट हेन्ड साइडबाट सजय धिमालले गरेको निक्कै राम्रो प्रहारलाई टेन नवोदयका गोल किपर अर्जुन बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए भने ६७ औं मिनेटमा मन्दिप धिमालले वान भर्सेस वानको अवस्थामा चुक्दा उर्लाबारीले हार ब्यहोर्नु प¥यो ।

शनिवार भएको खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसी घोषित हुँदै नगर २ हजार ५ सय रुपैयाँ हात पारे । भोलिको खेल विराटनगर र बेलडाँगीका बीचमा हुने आयोजकका करण चाम्लिङले जानकारी गराए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.