
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजबाट सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को आजको खेलमा बिन्धाबासीनी फुटबल क्लब र बि.वईसी बेल्डगी भिड्न भिड्ने भएका छन् ।
प्रतियोगितामा जम्मा १४ वटा फुटबल टिमले प्रतिष्पर्धामा उत्रने भएका छन् । कोरोना भाइरसको कारण भारतको सिक्किम र सिलिगुडीको टिमहरु भने यो संस्करणमा बोलाउन नपाएको आयोजक समितिले बताएको छ । यसअघिको चार वटा संस्करणमा भारतबाट सहभागी हुँदै आएका थिए । तर, खेलाडीहरु भने आउने आयोजकले जानकारी गराएको छ ।
शनिबार भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई हराउँदै र १० नवोदयले १–० को गोल अन्तरले हराउँदैै विजयी भएको थियो । दिनको ठिक २ बजे हुने प्रतियोगितामा १४ वटा टिम सहभागी हुने आयोजक समितिका संयोजक करण चाम्लिङ राईले क्रेजी साप्ताहिकलाई जानकारी दिए ।

