
क्रेजी साप्ताहिक
पथरी- पथरी शनिश्चरेमा जारी ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल २०२१ को आजको खेलमा बिन्ध्यावासिनी फुटबल क्लब बिराटनगर बिजयी भएको छ । भुट्निज युथ क्लब ( बिवाईसी) बेलडाँगीलाई २-१ गोलले पराजित गर्दै बिराटनगर अघिल्लो चरण प्रवेश गरेको हो ।
बिराटनगरले खेलको ३४ औँ मिनेटमा आशिष चौधरीको गोलबाट अग्रता लिएका थिए भने, ५४ औँ मिनेटमा सुनिल खड्काको टिमलाई गोल मार्फत अग्रता दोब्बर बनाए । खेलको अतिरिक्त समयमा बेलडाँगीका बिक्रम राईले टिमका लागि १ गोल गरे पनि बेलडाँगीको हार टरेन । बिक्रम राईले प्रहार गरेको फ्रिकिक गोल रक्षक पुर्ण चेम्जोङबाट रिबाउण्ड हुदाँ सोही अवसरको सदुपयोग गर्दै बिक्रमले टिमका लागि सान्त्वना गोल गरेका हुन । खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्नबाट चुकेका थिए ।

आजको खेलको मेन अफ द म्याच बिराटनगरका अशोक खवास घोषित हुँदै नगद २ हजार ५ सय प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलिको खेल बि वाई सि बेलडाँगी (बि) र धरान फुटबल क्लब बिच हुनेछ।

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन् ।
मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा जारी प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगीतामा दुधे फुटबल क्लब झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक थ्ँऋ को २ वटा टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको प्रतियोगीता संयोजक करन राईले बताउनु भयो । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन।

तस्बिर:- करन धिताल

