पथरी शनिश्चरेमा अपाङ्गता शिविर - Crazysaptahik.com

पथरी शनिश्चरेमा अपाङ्गता शिविर

क्रेजी साप्ताहिक
पथरी । शिविरमा अपाङ्गता परिचयपत्र लिन बाँकी र लिइसकेका व्यक्तिहरूलाई परिचयपत्र वितरण तथा नवीकरण गर्ने गरिएको छ ।

पथरी नगर अस्पतालका मेडिकल अफिसर डा. सावन कुमार मेहता, दृष्टी विशेषज्ञ नरेन्द्र यादव, एयर टेक्निसियन (नाक, कान र घाँटी) अम्ब्रेन्द्र कुमार साह र फिजियो थेरापी श्याम साहबाट अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच तथा परीक्षण गरी अपाङ्गताको अवस्था हेरी तत्कालै परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अहिलेसम्म ९ वटा वडामा पूर्ण अशक्त अपाङ्गता (रातो) परिचयपत्र पाउनेको संख्या १ सय २९, अती अशक्त अपाङ्गता परिचयपत्र (निलो) पाउनेको संख्या १ सय ७३, मध्यम अशक्त अपाङ्गता (पहेँलो)परिचयपत्र पाउनेको संख्या ७९ र सामान्य अपाङ्गता (सेतो) परिचयपत्र पाउनेको संख्या ५१ जना रहेको छ ।

कार्यक्रम पथरी शनिश्चरे नगरपालिका र करुणा फाउन्डेसनको सहकार्यमा संचालन भएको हो ।

सम्बन्धित खवर