रिफ्युजी च्यालेन्ज कपमा बेलडांगीलाई हराउँदै धरान दोस्रो चरणमा प्रवेश - Crazysaptahik.com

रिफ्युजी च्यालेन्ज कपमा बेलडांगीलाई हराउँदै धरान दोस्रो चरणमा प्रवेश

क्रेजी साप्ताहिक
पथरी शनिश्चरे । ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी फुटबल च्यालेन्ज कप २०२१ अन्तर्गत आज (सोमबार) भएको खेलमा धरान फुटबल क्लब विजयी भएको छ ।

फ्यान्स क्लब बीआरसी बेलडाँगीलाई ३– १ गोल अन्तरले पराजित गर्दै धरान अघिल्लो चरण प्रवेशमा गरेको हो । धरानले खेलको सुरुवाती ४ मिनेटमै प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिएको थियो भने पहिलो गोलको तेस्रो मिनेट बित्न नपाउँदै आमोस लिम्बुको गोल मार्फत् धरानले अग्रता दोब्बर बनायो । धरानका विवेक राईको कर्नर किको सहयोगमा आमोसले हेड मार्फत् गोल गरेका हुन् ।

बेलडाँगीका अजय राजबंशीले खेलको २७ औं मिनेटमा हेड मार्फत् टिमका लागि गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै खेलको ५७ औं मिनेटमा धरानका प्रकाश बुढाथोकीले पेनाल्टी मार्फत् व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सहज जित दिलाए । खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने केही राम्रा अवसरलाई सदुपयोग गर्नबाट चुकेका थिए ।

खेलको म्यान अफ द म्याच धरानका कप्तान प्रकाश बुढाथोकी घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलिको खेल धरान फुटबल क्लब र बेलबारी फुटबल क्लब बिच हुने आयोजकका करण चाम्लिङले जानकारी दिए ।

सम्बन्धित खवर