अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी फुटबल च्यालेन्ज कपमा सडन डेथमा बेलबारी विजयी - Crazysaptahik.com

अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी फुटबल च्यालेन्ज कपमा सडन डेथमा बेलबारी विजयी

क्रेजी साप्ताहिक
पथरी । ५ औं अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबलको मंगलबार (आज)को खेलमा फेयर फुटबल क्लब धरानलाई पराजित गर्दै बेलबारी फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।

पथरी शनिश्चरे १० मा अवस्थित पथरी रंगशालामा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरले पनि खेलको निर्णय हुन नसकेपछि सडनडेथमा बेलबारी फुटबल क्लब बिजयी बनेको हो ।

बेलबारीका कप्तान राज कुमार राईको गोलले धरान फुटबल क्लबलाई हार स्वीकार्न बाध्य बनायो । टाईब्रेकरमा धरानका निमन लिम्बु, निपु तामाङ र साजन राईले गोल गरेका थिए भने दिवस राई र अनिल धामीको गरेको प्रहारले जाली चुम्न सकेन । यस्तै बेलबारीको तर्फबाट विवेक पौडेल, विल्सन गिरी र अन्जान राईले गोल गरे भने मौसम लिम्बु र कासिम राई गोल गर्नबाट चुके ।

खेलको मेन अफ द म्याच विजेता टिम बेलबारी फुटबल क्लबका गोलरक्षक अभिषेक बराल घोषित भए । बराललाई पथरी स्पोटिङ क्लबका अध्यक्ष तथा समाजसेवी धनकुमार तामाङले २५ सय नगद सहिद ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक (वाई.एफ.सी. ए र लेटाङ फुटबल क्लब बीच हुने आयोजकका करण चाम्लिङले जानकारी गराए ।

सम्बन्धित खवर