लेभरकुजनसँग डर्टमण्ड पराजित - Crazysaptahik.com

लेभरकुजनसँग डर्टमण्ड पराजित

जर्मन बुण्डेसलिगा अन्तर्गत मंगलबार राति भएको खेलमा बवरुसिया डर्टमण्ड बायर लेभरकुजनसँग पराजित भएको छ । लेभरकुजनले इरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरको हो । जितपछि लेभरकुजन अकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा माउसा डिएबीले गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा लेभरकुजनले अग्रता कायमै राख्यो । ६७औं मिनेटमा युलियन ब्रान्टले डर्टमण्डका लागि बराबरी गोल गरे । तर ८०औं मिनटमा फ्लोरिन विट्जले गोल गर्दै लेभरकुजनलाई २(१ को जित दिलाए । जितपछि १७ खेलबाट ३२ अंक जोड्दै लेभरकुजन दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको बार्यन म्युनिख ३६ अंकसहित शीर्ष स्थानमा छ । पराजित डर्टमण्ड भने १७ खेलबाट २९ अंकसहित चौथो स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.