आयोजक वाईएफसी पथरी शनिश्चरे रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश - Crazysaptahik.com

आयोजक वाईएफसी पथरी शनिश्चरे रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश

क्रेजी साप्ताहिक
पथरी । ५ औं अन्तराष्ट्रिय आमन्त्रण रिफ्युजी फुटबल च्यालेन्ज कप २०२१ अन्तर्गत (बुधबार) आजको खेलमा आयोजक युथ फ्रेण्ड्लि सेन्टर (वाईएफसी) पथरी शनिश्चरे विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

पथरी शनिश्चरे रंगशालामा भएको खेलमा लेटाङ फुटबल क्लबलाई २–० ले पछि पार्दै आयोजकले जित हात पारेको हो । वाईएफसीको जितका लागि उमेश राई र नितिया थापाको गोल नै पर्याप्त बनेको हो । खेलको १६ औं मिनेटमा लेटाङका २ खेलाडीलाई छल्दै उमेशले शानदार प्रहार गरी गोल गरेका थिए भने ६५ औं मिनेटमा नितिया थापाले टिमका लागि थप १ गोल गरी २–० को अग्रता दिलाउँदै टिमलाई बिजयी बनाए ।

चल्तीका खेलाडीहरुको साथमा मैदान उत्रिएको दुवै टिम बीच रोमान्चक प्रतिस्पर्धा भए पनि लेटाङले गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको छ । खेलको खेलको मेन अफ द म्याच आयोजक टिमका उमेश राई घोषित भए । भोलि पहिलो चरणको अन्तिम खेल आयोजक वाईएफसी बी र योङब्रदर इलाम बीच हुने आयोजकका करण चाम्लिङले जानकारी दिए ।

सम्बन्धित खवर