सावित्राको ह्याट्रिकमा एपीएफको विजयी सुरुवात - Crazysaptahik.com

सावित्राको ह्याट्रिकमा एपीएफको विजयी सुरुवात

विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अञ्जली कुमारी योन्जन र प्रीति राईले एक-एक गोल गरे । लिग अन्तर्गत आजै विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.