दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल - Crazysaptahik.com

दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल

दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नियमित कप्तान लिओनल मेसीविना नै खेलेको बार्सिलोनाका लागि ओसमान डेम्बेले र मार्टिन ब्रेथवेइटलेले अतिरिक्त समयमा गोल गरे ।

यस्तै खेलमा मिरालेम प्यानिच र डेम्बेलेले पेनाल्टी मिस गरेका थिए । कोर्नेलाका गोलकिपर रामोन जुयानले दुवै पेनाल्टी रोके । उनी बार्सिलोनाको दुई पेनाल्टी एकै खेलमा रोक्ने पहिलो गोलकिपर समेत बने । निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुई गोल भयो ।

९२औं मिनेटमा डेम्बेलेले र १२०औं मिनेटमा ब्रेथवेइटेले गोल गरे । दुवैलाई पेड्रीले असिस्ट गरेका थिए । ११८औं मिनेटमा कोर्नेलाका अल्बर्ट एस्टेल्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । यस्तै इबिजाविरुद्ध २–१ को पुनरागमन जितसहित एथ्लेटिक बिल्बाओ पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.