टेन नवोदय फुटबल क्लब रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनल प्रवेश - Crazysaptahik.com

टेन नवोदय फुटबल क्लब रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

क्रेजी साप्ताहिक

पथरी l टेन नवोदय फुटबल क्लब पाचौं अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । हिजो धरान सिटि फुटबल एकेडेमी, धरानलाई ० का विरुद्ध १ गोलले जित हात पार्दै नवोदयले सेमिफाइनल यात्रा तय गरेको हो।

नवोदयका दिपक बान्तवा राईले खेलको १२ औँ मिनेटमा फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाएका हुन।खेलको ४३ औँ मिनेटमा नवोदयका सुबास तामाङ्गले प्रहार गरेको कर्नरमा दिपकले हेडमार्फत गोल गर्ने प्रयास गरेता पनि धरानका गोलरक्षक सचिन श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछी नवोदयले थप गोल गर्ने अवसर पाएन। धरान समेत गोल गर्ने केही अवसरबाट चुकेको थियो।

हिजोको खेलको मेन अफ द म्याच नवोदयका लागि निर्णायक गोल गरेका दिपक बान्तवा राई घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
आजको दोश्रो क्वाटरफाईनल खेल बिराटनगर फुटबल क्लब र दुधे फुटबल क्लब झापा बिच हुनेछ। हिजोको विजेता टोलि टेन नवोदयले भने सेमिफाइनलमा आयोजकको ए टिमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागी सेक्टर आई परिवार अमेरीकाको मुख्य सहयोग रहेको छ । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.