सडन डेथमा विराटनगरलाई पाखा लगाउँदै दुधे सेमिफाइनलमा प्रवेश - Crazysaptahik.com

सडन डेथमा विराटनगरलाई पाखा लगाउँदै दुधे सेमिफाइनलमा प्रवेश

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे– १० मा जारी ५ औं रिफ्युजी च्यालेन्ज कपमा शनिबार भएको खेलमा विराटनगर फुटबल क्लवलाई हराउदै दुधे फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथ मार्फत् दुधेले नतिजा आफ्नो पोल्टामा पारेको हो ।

दुवै टिमले पहिलो हाफमा गोल रहित बराबरी खेले । खेलको ४३ औं मिनेटमा विराटनगरका आशिस चौधरीले गरेको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । झण्डै ३० याड टाढाबाट गरेको चौधरीको प्रहार गोलमा परिणत हुँदा १–० गोल अन्तरले विराटनगर अघि बढेको थियो । यस्तै खेलको ६६ औं मिनेटमा दुधेका सनम राईले रिटर्न बल मार्फत् उत्कृष्ट गोल गरेर टिमलाई बराबरीको नतिजामा ल्याए । पहिलो हाफमा दुधेले पाएका २ वटा राम्रो अवसरलाई सही सदुपयोग गर्न नसक्दा जितका लाडि सडन डेथसम्म कुर्न बाध्य भयो ।

सडन डेथमा विराटनरका अशोक खवासले गरेको गोलले जाली चुम्न नसेन । यता दुधेका गोल रक्षक सन्दिप लिम्बुले गरेको प्रहारले जाली चुमेपछि नतिजा दुधेको पोल्टामा परेको हो । खेलको खेलको म्यान अफ दि म्याच दुधेका सनम राई घोषित भए ।

भोलिको खेल आयोजक ‘ए’ टिम र टेन नवोदय बीच हुने आयोजकका करण चाम्लिङले जानकारी गराए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.