बेलबारीलाई टाइब्रेकरमा हराउँदै योङ ब्रदर्श सिरिजंगा सेमीफाइनल प्रवेश - Crazysaptahik.com

बेलबारीलाई टाइब्रेकरमा हराउँदै योङ ब्रदर्श सिरिजंगा सेमीफाइनल प्रवेश

क्रेजी साप्ताहिक
पथरी । योङ ब्रदर्श श्रीजंगा फुटबल क्लब पाँचौ अन्तर्राष्ट्रि«य आमन्त्रण रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरको छ ।

आज भएको खेलमा बेलबारी फुटबल क्लवलाई टाइब्रेकरमा पछि पार्दै योङ ब्रदर्श श्रीजंगाले सेमीफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा खेल २–२ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो । खेलको ६ मिनेटमा योङ ब्रदर्श श्रीजंगा फुटबल क्लबका सनम धिमालले उत्कृष्ट गोल गरे । ५४ आंै मिनेटमा रोहन कार्कीले एकल प्रयासमा टिमलाई दोस्रो गोल गरेका थिए ।

यस्तै बेलबारीका सुसन लामाले १६ औं मिनेटमा गोल गरेका थिए । खेलको २९ औं मिनेटमा कासिम राईले गोल गरे । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा बेलबारीका विवेक पौडेल, मौषम लिम्बु र विक्रम धिमालले गोल गरे भने सुसन लामा र कासिम राईले हानेको पेलान्टी गोलमा परिणत हुन सकेन । यता योङ ब्रदर्श श्रीजंगाका तर्फबाट सनम भूजेल, राजकुमार कन्दङ्वा, दिवस गिरी र सन्तोष न्यौपानेले गोल गरे भने दिपेश धिमालले पेनाल्टी मिस गरे ।

आजको खेलको म्यान अफ दि म्याच योङ ब्रदर्श श्रीजंगाका गोलरक्षक विशाल दर्लामी मगर घोषित भए । मगरले ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे । भोलिको खेल झापाको दुधे फुटबल क्लब र योङ ब्रदर्श श्रीजंगा बीच हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.