टोटनहम एफए कपको पाँचौ चरणमा - Crazysaptahik.com

टोटनहम एफए कपको पाँचौ चरणमा

प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहम प्रिक्वाटरफाइनलमा पुगेको हो । वान्डरसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा टोटेनहमले पुनरागमन गर्दै चार गोल गरेको हो ।

खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै घरेलु टोली वान्डरसलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिक्न सकेन । ४५ औं मिनेटमा गारेथ बेलले टोटेनहमका लागि बराबरी गोल फर्काए । टोटनहमले अन्तिम चार मिनेटमा तीन गोल गरेको थियो । ८६ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।

लगत्तै अर्को मिनेटमा टानगुए एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ४-१ को जित दिलाए । टोटेनहमले अब पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.