
क्रेजी साप्ताहिक
पथरी । ५ औं रिफ्युजी च्यालेन्ज कपको फाइनलमा आयोजक वाई.एफ.सी. र योङ ब्रदर सिरिजंघा फुटबल क्लब भिड्ने भएका छन् । फाइनल खेल भोलि पथरी शनिश्चरे १० मा अवस्थित पथरी रंगशालामा हुदैछ ।
मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा दुधेलाई टाईब्रेकरमा पाखा लगाउदै योङ ब्रदर सिरिजंघाले फाईनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत् खेलको निर्णय लिइएको हो । खेलको ४ मिनेटमा यो योङ ब्रदर सिरिजंघाका राजकुमार कन्दङ्वाको पासमा सनम भुजेलले उत्कृष्ट गोल गरेका थिए । सनम धिमालको पासमा भुजेलले नै गरेको उत्कृष्ट प्रहार पोलमा ठोकिएर रिबाउन्ड भएको थियो ।
यस्तै दुधे फुटबल क्लवका मनिश लिम्बुको फ्रिकिकको सदुपयोग गर्दै खेलको १० औं मिनेटमा बिशाल दर्जीले हेड मार्फत् गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । यसअघि खेलको पहिलो मिनेटमा नै मनिस लिम्बुले गरेको उत्कृष्ट प्रहारलाई योङ ब्रदर सिरिजंघाका गोल रक्षक बिशाल दर्लामी मगरले बिफल तुल्याइदिएका थिए ।
निर्धारित समयमा खेल १–१ को बरबरीमा पुगेपछि टाइब्रेकर मार्फत योङ ब्रदर सिरिजंघाले जित आफ्नो पक्षमा पा¥यो । टाइब्रेकरमा योङ ब्रदर सिरिजंघाका दिपेश धिमाल, सनम भूजेल, राजकुमार कन्दङ्वा र दिनेश गिरीले गोल गरे ।
दुधेका तर्फबाट रोजिन माझी, सुशिल मगर र प्रितम लिम्बुले गोल गरे भने संजिव बुढाथोकी र निकेश श्रेष्ठ गोल गर्नबाट चुक्दा नतिजा सुम्पन बाध्य भए । खेलको म्यान अफ दि म्याच योङ ब्रदर सिरिजंघाका सनम भुजेल घोषित भए । भूजेलले नगद २ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ । फाइनल खेल माघ १५ गते विहिबार (भोलि) दिनको २ बजे बाट हुने आयोजकले जानकारी दिएको छ ।

