आरिफ शेख घाइते - Crazysaptahik.com

आरिफ शेख घाइते

 

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् । नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो ।

तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो । उनले खेलमा १० ओभर बलिङ गर्दा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए । आरिफ चोट कस्तो भन्ने बारेमा जानकारी आइसकेको छैन । उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि हस्पिटल पठाइएको छ । उनको खुट्टा सुन्निएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.