उर्लियो फुटबल क्रेज - Crazysaptahik.com

उर्लियो फुटबल क्रेज

  • सन्तोष राई

चैत्र २०७६ देखि कोभिड १९ ले समग्र नेपालको जनजीवन नै प्रभावित बनाएको थियो । मोफसलमा कुनै ‘इभेन्ट’हरू हुन सकिरहेको थियो । यानेकी खेलकुदका प्रतियोगिताहरु त अझ भनौ शुन्य नै थियो ।

जब मोरङको पथरी शनिश्चरेका फुटबलप्रेमी युवाहरूले मंसिर २५ गतेदेखि ‘पथरी शनिश्चरे प्रिमियर लिग २०७७’ को आयोजना गरे त्यसलगत्तै उर्लियो फुटबलको ‘क्रेज’ । या भनौं फुटबल प्रतियोगिता । सो फुटबल लिगको विजेता टेन नवोदय एफ.सी. बन्यो ।

अहिले मोफसलका धेरै स्थानहरूमा फुटबल प्रतियोगिताहरू भइरहेका छन् । पथरी शनिश्चरे शिविर क्याम्प भित्र अहिले ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप भइरहेको छ । वाई.एफ.सी. को आयोजना भइरहेको सो प्रतियोगिताको फाइनल खेल आज (विहिबार) योङ ब्रदर सिरिजंघा फुटबल क्लब र आयोजक बीच हुँदैछ ।

यस्तै मोरङको सुन्दरहरैंचामा तेस्रो प्रदेशस्तरीय खुल्ला नकआउट भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भइसकेको छ । जसको उपाधि झापा भेट्रानले आफ्नो पोल्टामा पारेका छ ।

यस्तैगरी पथरी शनिश्चरे वडा नं. ८ मा भएको मंगलबार शुक्रबारे खुल्ला नकआउट फुटबलको उपाधि लालभित्ती फुटबल क्लब बेलबारीले उचालेको छ ।
यसरी नै केही स्थानमा फुटबल प्रतियोगिता हुने तयारीमा पनि छन् । वडा स्तरीय टुबोर्ग गोधुली रनिङ कपको २१ औं संस्करण फागुन तेस्रो सातामा हुनेभएको छ । धरान रंगशालामा हुने सो प्रतियोगिताको आयोजना गोधुली क्लबले गर्दैछ । मोरङको कानेपोखरीमा माघ २४ गतेदेखि ‘मितेरी च्यालेन्ज कप २०७७’ हुँदैछ । सो खेलको आयोजना मितेरी युवा क्लबले गरेको हो ।

एनएसजेएफ झापा स्पोर्टस अवार्ड :-
एनएसजेएफ झापा स्पोर्टस अवार्ड पनि यही फुटबलको सरागर्मीमा हुनेभएको छ । फागुन २८ गते नेपाल खुलकुद पत्रकार मञ्च झापाले सो अवार्ड वितरण गर्दैछ । झापाको विर्तामोडमा हुने सो अवार्ड वि.स. २०७४ सालदेखि निरन्तर रुपमा वितरण गर्दै आइरहेको छ ।

सम्बन्धित खवर