र्‍यापर ‘लाउरे’ पक्राउ - Crazysaptahik.com

र्‍यापर ‘लाउरे’ पक्राउ

र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अनुसन्धान म्याद थपपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।
–अनलाइनखबर

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.