
क्रेजी संवाददाता
फिदिम । सिटिजन लाईफ ईन्स्योरेन्स फिदिम शाखाले २०७८र९र१० मा ५ लाख ४२ हजार मृत्यु दाबी भुक्तानी स्वड्ड काली बहादुर मुखियाको परिवारलाई हस्तान्तरण गरेको छ ।मिति २०७६ श्रावण २० गते मुखियाले ५ लाखको सिटिजन जीवन सारथी योजनाको विमा गर्नु भएको थियो।
२ किस्ता बिमा शुल्क बुझाउँदा बुझाउदै २०७८श्रावण १८ गते बीरामी भई निधन भएको थियो । मृतक बिमितका श्रीमती रेनुका मुखियालाई आज एक कार्यक्रमका बीच बिमाङ्क र दुई बर्षको बोनस गरी ५ लाख ४२ हजारको चेक रकम फिदिम शाखा प्रमुख राम लावतीले हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा एजेन्सी मेनेजर ठाकुर सिङ नेम्बाङ, बिनिता सावा, ईगल एफ एम स्टेसन मेनेजर उपेन्द्र येक्तेन ुखाम्साु र अभिकर्ता आधारभूत तालिमा सहभागी हरुको उपस्थिति रहेको थियो ।

