शिवसताक्षी भेट्रान : उपाधिको लागि आज वडा नं. ९ र १० बीच भिडन्त हुने - Crazysaptahik.com

शिवसताक्षी भेट्रान : उपाधिको लागि आज वडा नं. ९ र १० बीच भिडन्त हुने

गोविन ल्वागुन
शिवसताक्षी । झापाको शिवसताक्षीमा भइरहेको दोस्रो संस्करणको ‘शिवसताक्षी नगर भेट्रान फुटबल प्रतियोगिता’को फाइनल खेल आज हुँदैछ ।

शिवसताक्षी–१ धरमपुरमा अवस्थित फूलबारी रंगशालामा भइरहेको वडा स्तरीय भेट्रान खेलमा वडा ९ र १० बीच उपाधिको लागि भिडन्त हुने भएको हो ।

स्थानीय समयअनुसार २ बजेबाट सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ९ ले वडा नम्बर १ लाई पराजित गरेको थियो भने वडा नम्बर १० ले ११ नम्बर वडालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

वडा नं. १० अघिल्लो संस्करणको उपविजेता हो भने ९ पहिलो पटक फाइनल खेलन लागेको हो । यस प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण–पत्र पाउने छन् भने उपविजेताले ३० हजार सहित ट्रफी मेडल र प्रमाण–पत्र पाउने आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बुले बताए ।

दुवै टोलीमा अनुभवी पूर्व खेलाडीहरूको बाहुल्यता रहेकोले पनि फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ । शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि वडा नम्बर १ ले कब्जा गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.