मज्जाको निर्देशनमा अस्मिताको ‘फुरुरु’ युट्युवमा सार्वजानिक - Crazysaptahik.com

मज्जाको निर्देशनमा अस्मिताको ‘फुरुरु’ युट्युवमा सार्वजानिक

क्रेजी संवाददाता
काठमाडौं । गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको ‘फुरुरु…’ बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ ।

मबिन्द्र राईको रचना/संगीत रहेको सो गीतमा सन्जाल भण्डारीले म्युजिक एरेन्जको कार्य सम्हालेका छन् । मज्जाको स्टुडियो हङकङ बाट प्रस्तुत गरिएको भिडियोलाई मज्जाको राईले निर्देशन÷छायांकन र सम्पादन गरेका हुन् । यस्तै कोरियोग्राफीको कार्यभार सुकु लिम्बुले सम्हालेका छन् ।

मज्जाको भिडियो युट्युव च्यानल मार्फत् सार्बजनिक गरिएको यस गीतको भिडियोमा आईशा गुरुङ र सन्जोग राईले जीवन्त अभिनय गरेका छन् । भिडियोको छायांकन भने हङकङको मनोरम दृश्यहरुमा कैद गरिएको छ ।

म्यूजिक भिडियो हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=tltszbALI1s

 

सम्बन्धित खवर