नमूना चर्चका जवानहरुको मिसन टिमद्धारा न्यानो कपडा र खाद्यान्न वितरण - Crazysaptahik.com

नमूना चर्चका जवानहरुको मिसन टिमद्धारा न्यानो कपडा र खाद्यान्न वितरण

सन्तोस खालिङ राई
पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका १ पथरी बजारको सुनाखरी चौकमा रहेको नमुना चर्चका जवानहरुको सामाजिक काम गर्ने समुह मिसन टिमले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।

जाडोको समयमा निम्न आयस्तर भएका परिवारलाई समस्या हुनेभएकोले थोरै भएपनि सहायता पुर्‍याउने उद्धेश्यका साथ वितरण गरेको हो । विगतका ४–५ वर्षहरुबाट गर्दै आएको कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । आइतबार टिमका जवानहरुले विभिन्न बस्ती र घरनाहरुमा पुगी वितरण गरेका हुन् ।

यस वर्ष विगतका वर्षहरुमा नसमेटिएका बस्ती, घरना र व्यक्तिहरुलाई समेटि वितरण गरिएको हो । पथरीशनिश्चरे वडा नं ५ को मुसहर बस्तीका ३८ जना बालबालिका, युवा र वृद्धवृद्धाहरुलाई न्यानो कपडा (ज्याकेट, हुडी, ट्राउजर र सुरुवाल) वितरण गरीएको हो । त्यसैगरी पथरीशनिश्चरे १ को सुन्दर बस्तीका १० जनालाई न्यानो कपडा, एक परिवारलाई एउटा ब्ल्याङ्केट र ५ परिवारलाई २५ के.जी का दरले चामल, जोरधाराका २ परिवारलाई २५ के.जी का दरले चामल र ती परिवारका ४ जनालाई न्यानो कपडा, सम्झना बस्तीमा २ परिवारलाई २ वटा ब्ल्याङ्केट, एउटा डस्ना र १ जनालाई न्यानो कपडा वितरण गरेको हो ।

त्यसैगरी पानीट्याङ्की छेउको १ वृद्ध बुबालाई न्यानो कपडा र उनको परिवारलाई २५ के.जी चामल, पश्चिम बस स्टेण्ड छेउको १ परिवारलाई २५ के.जी चामल र परिवारका २ जनालाई न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा र खाद्यान्न पाएपछि ती परिवार र व्यक्तिहरुले खुशी हुदै सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।

टिमका जवानहरुले आर्थिक संकलनका लागि आफूले सकेको रकम खुत्रुकेमा जम्मा गरेका थिए । त्यसैगरी चर्चका सदस्यहरुले स्वइच्छाले प्रदान गरेको रकम, नेपाल तथा देश बाहिर भएका नेपाली ईसाइ दाजुभाइ दिदीबहिनी र सहयोगी मनहरुबाट संकलन गरेका थिए ।

यसरी वितरण गर्दा विगत वर्षहरुमा मनगणन्ते होहल्ला विदेशी संस्थाहरुबाट र विदेशी व्यक्तिहरुबाट आएको रकमबाट वितरण भएको भन्ने होहल्ला सुनिदा दुःख लागेको टिमका एक लिडरले बताएका थिए । तर सबै रकम संकलन टिमकै सक्रियतामा भएको पनि जानकारी गराएका थिए । टिमले आर्थिक सहयोगी दाताहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण लाई धन्यवाद दिदै आउदो दिनहरुमा टिमले यस्तै सामाजिक कामहरुलाई अझ विस्तार गर्दै निरन्तरता दिने पनि प्रतिबद्धता जनाएका थिए ।                   

सम्बन्धित खवर