नगरपालिका र नोबेलबीच उपचारमा विशेष छुट सम्झौता

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र नोबेल मेडिकल कलेजबीच नगरवासीलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । मंगलबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य तथा नोबेल मेडिकल कलेजका प्रतिनिधिबीच सम्झौता भएको हो

अनेमसंघ पथरी शनिश्चरेको अध्यक्षमा पुनः शारदा

क्रेजी संवाददाता पथरी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) पथरी शनिश्चरे नगर कमिटीको तेस्रो नगर सम्मेलनले पुनः शारदा बस्नेतको अध्यक्षतामा २० सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । आइतबार नेकपा एमाले पार्टी कार्यालय पथरी शनिश्चरे–१ रत्नचौकमा सम्पन्न सम्मेलनबाट पूर्णकुमारी तामाङ उपाध्यक्ष, सपना राई सचिव, मुना खड्का

पथरीमा ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजार सिनेमा हल लाइनमा ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सोमबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ । अत्याधुनिक सौन्दर्य सेवा प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको यस एकेडेमीको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर देवीमाया काफ्लेले रिबन काटेर एकेडमी

पथरी शनिश्चरेमा एमालेको जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे १ मा केन्द्रीय सर्कुलर अनुसार ‘जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम–२०८३’ सम्पन्न भएको हो । कार्यक्रममा एमाले केन्द्रीय कमिटीका पूर्व उपाध्यक्ष तथा संघीय सांसद माननीय गुरुप्रसाद

जिरीखिम्तीमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० स्थित जिरीखिम्तीको सिंहदेवी दुर्गा मन्दिर परिसरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । पञ्चमुखी हनुमान मन्दिरको विकास तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ आगामी भदौ ५ गतेदेखि १३ गतेसम्म महायज्ञ सञ्चालन गरिने आयोजक श्री सिंहदेवी दुर्गा मन्दिर

वडा नं. ८ मा वेकरी सीप विकास तालिम समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ मा वेकरी सीप विकास तालिमको समापन गरिएको छ । नगरको लघु उद्यम विकास शाखाको आयोजनामा वडा नं. ८ को सभाहलमा वडाध्यक्ष नवीन कार्कीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा वडाका तालिममा २० जना सम्भावित लघु उद्यमीहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

‘पथरी शनिश्चरे लेखमाला–१’ सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ‘सञ्चारकर्मी प्रवद्र्धन कार्यक्रम’ अन्गर्तत पथरी शनिश्चरे नगरपालिका लेखमाला–१ विमोचन गरिएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्यक्षहरु जीवन खतिवडा, उद्धवराज बस्नेत र प्रवक्ता नविन कार्कीले संयुक्त रुपमा लेखमाला १ संयुक्त रुपमा सार्वजानिक गर्नुभएको हो । सो लेखमालामा नगरका १० सञ्चारकर्मीैहरुको लेख

मोरङ म्यारिगोल्डद्वारा कक्षा १२ मा सतप्रतिशत नतिजा

ईश्वर दुलाल पथरी । पथरी शनिश्चरे नगरपालिका–९ स्थित मोरङ म्यारिगोल्ड बोर्डिङ स्कुलले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ । विद्यालयका अनुसार यस वर्ष कक्षा १२ मा सहभागी ३६ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । प्रकाशित नतिजाअनुसार विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको शैक्षिक

रेडस्टारद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा रचनाको धमकेदार प्रस्तुति

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्तिचौकमा अवस्थित रेडस्टार इङ्लिस बोर्डिङ स्कुलले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएका १३ औं ब्याचका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम–२०८३ आयोजना गरेको छ । आज सिनभिलेज पार्टी प्यालेसमा भएको सो कार्यक्रममा शैक्षिक वर्ष २०८३ मा कक्षा

शहिद रत्नकुमार बान्तवा राष्ट्रिय खुला फिडे रेटेड ¥यापिड चेस प्रतियोगिता

क्रेजी संवाददाता पथरी । ‘शहिद रत्नकुमार बान्तवा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड ¥यापिड चेस टुर्नामेन्ट–२०८३’ को दोलखाका आशिष फुयाँल च्याम्पियन बनेका छन् । मोरङको पथरी शनिश्चरेमा सम्पन्न दुई दिवसीय प्रतियोगितामा फुयाँलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा उनले ८ अंक जोड्दै उपाधि कब्जा गरेका छन् । प्रतियोगितामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.