रमाइलो जेसिज २०२२ को अध्यक्षमा सन्तोष फुयल - Crazysaptahik.com

रमाइलो जेसिज २०२२ को अध्यक्षमा सन्तोष फुयल

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी स्थित रमाइलो जेसिज शाखाको वार्षिक साधारण सभाबाट २०२२ का लागि अध्यक्षमा त्रिभुनाथ फुयल (सन्तोष ) सर्वसम्मत चयन भएका छ्न ।

कानेपोखरी ६ को रमाइलो साकोस हलमा सम्पन्न भएको शाखाको चौथो साधारण सभा तथा शाखा अधिवेशनबाट फुयल चयन भएका हुन ।

कार्यकारिणी उपाध्यक्षमा मनोज अधिकारी, चन्द्र कुमार मगर (राजु), उपाध्यक्षमा दिपक फूयल, अनिल रिजाल, मनिष न्यौपाने, कमल आचार्य र सचिवमा सुनिल श्रेष्ठ छानिएका हुन ।

सो अवसरमा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सिना, पथरी जेसिज, लेटाङ जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । रमाइलो जेसिज शाखाले स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सम्बन्धित खवर