
क्रेजी संवाददाता
पथरी । पथरी जेसीज वर्ष २०२२ का लागि निर्वाचित भएकी अनिता राई (अनु)ले सञ्चारकर्मीहरुसँग भेटघाट तथा भावी आफ्ना योजनाहरु प्रस्तुत गरेकी छिन् ।
मंगलबार पथरीको पारिजात होटलमा आयोजना गरिएको कार्यक्रममा अनुले आफ्नो एक वर्षे कार्ययोजना प्रस्तुत गरेकी थिइन् । अध्यक्ष राईले दुव्र्यसनी फसेका युवाहरुलाई कुलत छुटाउन कार्यक्रमहरु मार्फत् कोसिस गर्ने, बेरोजगार युवा र महिलाहरूलाई उद्यमशीलता बनाउन तामिलको साथमा उपाएहरु ल्याउने बताए । पत्रकार भेटघाट कार्यक्रममा जेसीजको पूर्व अध्यक्ष मान दियाली, टि.एन.तिम्सिना, राजु तिम्सिना लगायतका जेसीहरुको उपस्थिति रहेको थियो ।
पथरी जेसीजमा वर्ष २०२२ का लागि अनिता राई (अनु) अध्यक्षमा सोमबार निर्विरोध निर्वाचित भएकी हुन् । जेसीजको १० औं अधिवेशनले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
यसैगरी कार्यकारी उपाध्यक्षमा सिताराम दराल, सुवर्ण खत्री, उपाध्यक्षमा एलिना दियाली, निता कुलुङ राई, निर्मला गिरी, सुमन फुयल र सचिवमा उज्जल लकान्द्री सर्वसहमत चयन भएका हुन । जेसीजमा महासचिव लगायतका पदाधिकारी र सदस्यहरु अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था रहेको छ ।

