
क्रेजी संवाददाता
विराटनगर । पूर्बेली लोक दोहोरीको माध्यमबाट कृषि र पर्यटनको विकासमा सहयोग गर्ने हेतुले विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम गर्दै आएको समाज रुपान्तरण मिडिया हाउसले चार जना पत्रकारलाई सम्मान गरेको छ ।
समाज रुपान्तरण मिडिया हाउसले सुक्रबार मोरङको विराटनगरमा अवस्थित रेड पाण्डा होटलमा लोक दोहोरी कार्यक्रमको आयोजना गरेको थियो । लाइभ बाद्य बादनको साथ भएको कार्यक्रममा कलाकार बर्षा राई, ममता भट्टराई, झुमा क्षेत्री, रमेश आचार्य, टंक घिसिङ, हेमराज लामिछानेले दोहोरी गाएका थिए । हार्मोनियममा जेबी रसाइली, मुरीमा मनोज भट्टराई, जोर मादलमा सुबास रसाइली र अक्टोप्याडमा दिनेश राजवंशीले साथ दिएका थिए ।
प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री बिष्णु तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश पर्यटन बोर्डका संयोजक भविसकुमार श्रेष्ठ, समाजसेबी होम थापा, जयधर्म आचार्य लगायतको उपस्थिति रहेको थियो ।
रेड पाण्डा सञ्चालक फिडिन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रम नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका सभापति संजिव खनाल, पत्रकार वीरेन्द्रकुमार साहा र प्रेम देवानलाई सम्मानपत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा विराट जागृति कला केन्द्रको आठ जना कालकारहरुलाई नगदसहित कदर पत्र प्रदान गरिएको समाज रुपानतरण टीभी सञ्चालक अभिशेक वान्तावा राईले बताए ।
अभिशेक वान्तावा लगायतको टिमले पूर्बेली लोक दाहोरीको विकासको साथै गीतको माध्यमबाट कृषि र पर्यटनलाई सघाउ पु¥याउने उद्देश्यले पूर्बी नेपालको विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।

