
क्विन्सल्याण्डका ब्याट्सम्यान उस्मान ख्वाजा एसेज सिरिजअन्तर्गत सिड्नीमा हुने खेलका लागि अष्ट्रेलियन टेष्ट टिममा फर्किएका छन्। कोभिड–१९ का कारण आइसोलेसनमा रहेका ट्रेभिस हेडको स्थानमा ख्वाजाले टिममा स्थान बनाएका हुन् ।
तेस्रो टेष्ट खेलेको टिममा यो नै एक मात्र परिवर्तन हो। ख्वाजाले सन् २०१९ पछि पहिलो टेष्ट खेल्दैछन् । कोभिड–१९ को संक्रमण भएपछि हेडले एसेज सिरिज अन्तर्गतको चौथो खेल गुमाउने छन् ।
टेष्ट बुधबारदेखि सिड्नीमा सुरु हुनेछ । तेस्रो टेष्टमा म्यान अफ दि म्याच प्रदर्शन गरेका स्कट बोल्याण्डले टिममा स्थान बनाएका छन् । अष्ट्रेलियाले यसअघि नै तीन टेष्ट जित्दै सिरिज रक्षा गरिसकेको छ ।


