विपन्न वर्गका विद्यार्थीलाई स्वेटर वितरण - Crazysaptahik.com

विपन्न वर्गका विद्यार्थीलाई स्वेटर वितरण


भूमिप्रसाद पाठक, पथरीशनिश्चरे नगरपालिका वडा नं – १० स्थित जालपा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा\ स्वेटर वितरण गरिएको छ । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कटुवालको प्रमुख आतिथ्यतामा कक्षा १ देखि ५ सम्मका १ सय २५ जना अति विपन्न वर्गका छात्र \ छात्रालाई ऊनीको न्यानो स्वेटर प्रदान गरिएको हो ।

केही दिन यतादेखि बढ्दै गएको चिसो ( जाडो मौसमबाट जोगाउने उद्देश्यका साथ सिंहवाहिनी माविका शिक्षक सुमन राई, नवीन श्रेष्ठ , हेम भट्टराई तथा विशाल राईले ति अति विपन्न परिवारका बालबालिकाका लागि स्वेटर किनेर वितरण गर्न उपलब्ध गराएका थिए।

एमालेका १० वडा कमिटी, अध्यक्ष पर्वत थापा, शिक्षक( अभिभावक संघ अध्यक्ष युद्ध सापकोटा , समाजसेवी नगेन्द्र गुरुङ , लगायतका समाजिक व्यक्तित्वको उपस्थितिमा वितरण गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.