पथरीशनिश्चरे २ मा एडभान्स सिलाई कटाई सम्वन्धी तालिम - Crazysaptahik.com

पथरीशनिश्चरे २ मा एडभान्स सिलाई कटाई सम्वन्धी तालिम

क्रेजी संवाददाता
पथरी । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा स्तरोन्नतीतर्फ एडभान्स सिलाई कटाई सम्बन्धी १ महिने तालिम विहिबार सम्पन्न भएको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगरको लेखा शाखा प्रमुख पिताम्बर वस्तीले कुनै पनि तालिमले प्रशिक्षार्थीका लागि पूर्ण रुपमा सीप प्रदान गर्न सक्नु पर्नेमा जोड दिँदै नगरको सो तालिमले त्यस्तो वातावरण वनाएको विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तयार गरेका कपडाहरु अवलोकन गर्दै महिलाहरु आत्मनिर्भर वन्न तालिमले सहयोग पुर्याएको उल्लेख गर्नुभयो ।

कार्यपालिका सदस्य अरुणा राई र नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालले तालिममा सहभागि मिलेर गार्मेन्ट उद्योग नै स्थापना गर्ने उत्साहलाई नगरले सहयोग पुर्याउने वताउनु भयो ।

तालिममा २२ जनाको सहभागिता रहेको छ । उनीहरुका लागि अघिल्लो तालिममा नगरपालिकाले कपडा सिलाउने जनही मेसिन प्रदान गरेको थियो । तालिममा सीता रायामाझीले सहजिकरण गर्नुभएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.