कानेपोखरीमा २४ घण्टा नबित्दैँ उक्कियो कालोपत्रे - Crazysaptahik.com

कानेपोखरीमा २४ घण्टा नबित्दैँ उक्कियो कालोपत्रे

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ पौडेल चौकदेखि ४ नं. को भलुवा खोलासम्म निर्माणाधीन कालोपत्रे सडक २४ घण्टा नबित्दैँ उक्किएको भन्दै स्थानीय आक्रोशित बनेका छ्न ।


पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

स्थानिय खडग श्रेष्ठको घर अगाडी शुक्रबार साँझ गरेको कालोपत्रे बिहान उप्किएको छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानिय बताउँछन् । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको स्थानियको भनाई छ ।

पिच सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले कालोपत्रे गरिएको २४ घण्टा बित्न नपाउदै उप्किएको स्थानिय खगेन्द्र बराईलीले बताए । ‘हतारमा शुक्रबार साझतिर सडक पिच गरिएको थियो । हामीले राती भइसक्यो । उज्यालोमा गर्दा गुणस्तरीय काम हुन्छ भनेका पनि थियौ । तर, निमार्ण कम्पनीले हतारमा काम गर्दा अहिले आएर पिच गरिएको सडकको कालोपत्रे उप्किएको छ,’ उनले भने ।
मापदण्ड अनुसार गुणस्तरीय काम नभएकोले स्थानिय तहले प्राविधिसहितको टोली आएर गुणस्तरहिन काम भएको ठाउँमा पुनः निर्माण गरिनुपर्ने स्थानियको माग छ । राम्रोसँग प्राइमर र सवबेस पनि मिलाएर नगर्दा कालोपत्रे उप्किएको स्थानियको भनाई छ । लाखौं खर्चेर निर्माण भएको पिच सडक बनाएको एक दिन पनि नहुदै भत्किएर जानु लज्जास्पद भएको स्थानिय सिंह योन्जनले बताए ।

कानेपोखरी गाउँपालिका इन्जिनियर रन्जन निरौलाले गुणस्तरीहन काम भएको ठाउँमा ठेक्कदारले पुनः निर्माण गर्नुपर्ने बताए । ‘पिच सडक निर्माणको क्रममा खराबी आएको ठाउँमा भत्काएर पुनः पिच गरिनुपर्दछ । त्यो काम ठेक्दारले गर्दछ,’ उनले भने । यसअघि पनि खराबी आएको ठाउँमा ठेक्कदरले भत्काएर पुनः निर्माण गरेको उनले बताए । सडक निर्माणको काम सम्पन्न भएर ठेक्केदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः मर्मतको काम हुने उनले बताए ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बिमल निरौलाले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोगले पनि कहिलेकाही समस्या आउने गरेको बताए । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिए सुधार गर्ने उनले बताए । उनले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाए ।

पौडेल चौकदेखि पिङडाडासम्म १ दशवलप ७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाइ नगरपालिकामा रहेको वीर निर्माण सेवाले पाएको हो । गत वर्ष सम्झौता भएर चालु आर्थिक वर्षको असार मसान्तसम्ममा निमार्ण सम्पन्न गरिनुपर्ने थियो । तर, कोभिड १९ को कारणले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै पाँच महिनाको म्याद थप गरि पुस महिना भित्रमा पिङडाडासम्म पिच सडक बनाइसक्नुपर्ने कानेपोखरी गाउँपालिकासँग भएको सम्झौतामा उल्लेख छ । शनिबारसम्म करिब ७ सय मिटर मात्र कालोपत्रे गरेको छ । संघिय सरकारबाट आएको अनुदान र कानेपोखरीको गाउँपालिको बजेटमा उक्त सडक निर्माण भएको हो । सम्झौता अनुसार निमार्ण कम्पनीले ३० एमएमको मोटाइ अर्थात तीन सेन्ट्रिमिटर पिच र चौडाइ ५ मिटर गरिनुपर्ने सम्झौतामा उल्लेख छ ।

-हाम्रो मत

 

सम्बन्धित खवर