‘सिद्धान्तमा अडिग रहेर अघि बढे विजय हासिल गर्न सकिन्छ’– सहमहामन्त्री फागो - Crazysaptahik.com

‘सिद्धान्तमा अडिग रहेर अघि बढे विजय हासिल गर्न सकिन्छ’– सहमहामन्त्री फागो

क्रेजी संवाददाता
धनकुटा । नेपाली कांग्रेस पार्टी नीति, विधि, विधान र सिद्धान्तमा अडिग रहेर अघि बढ्न सकेमात्र आगामी निर्वाचनमा विजयी हासिल हुने नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले बताउनुभएको छ ।

आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा सहज रुपमा विजय हासिल गर्न पार्टी नीति, विधि र सिद्धान्तमा चल्नुपर्ने उनको भनाइ थियो ।

शनिबार धनकुटाको राजारानी बजारमा आयोजित चौबिसे गाउँपालिका पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फागोले पार्टी शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताए । साथै, उनले प्रदेश अधिवेशनमा आफूलाई आमूल्य मत दिई विजयी गराउने चौबिसे गाउँपालिकाका पार्टी प्रतिनिधिलाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राईले देखिने, सुनिने र महसुस हुने पार्टी बनाउने अभियानमा लाग्ने बताए । यस्तै जिल्ला सचिव विजय सन्तोषी राईले पार्टीमा १४ औँ महाधिवेसनले पुस्ता हस्तानतरण गरेको र अवको यात्रा भनेको रुपान्तरणको दिशामा अघि बढ्दै आर्थिक समृद्धिको बाटो पहिल्याउनु पर्ने धारणा राख्नुभयो ।

सो कार्यक्रमका सभापति तथा काँग्रेस चौबिसे गाउँ समितिका सभापति विजु राईले आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा काँग्रेसलाई विजयी गराउन लागिपर्ने बताउनुभयो ।

सो कार्यक्रममा महाधिवेशन प्रतिनिधि हर्क चेम्जोङ, मोरङ १ (क) का क्षेत्रीय सभापति नरबहादुर मोक्तान, पूर्व महाधिवेशन प्रतिनिधि दुर्गा सुवेदी, तरुण दल धनकुटाका जिल्ला उपसभापति धिरज तामाङलगायतले मन्तव्य राख्नुभएको थियो । पार्टी कार्यालय उद्घाटनकै अवसरमा नेकपा एमाले पार्टी परित्याग चौबिसे वडा नम्वर २ बाट तिलमाया मगर, वडा नम्वर २ बाट रा.प्र.पा परित्याग गरी कल्पना मगर र चौबीसे वडा नम्वर ६ बाट लिम्बुवान परित्याग रबिन लिम्बुले नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई प्रमुख अतिथि सहमहामन्त्री फागो, जिल्ला सभापति दिनेश राई लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

साथै चौबिसे गाउँ कार्यसमितिको कोषाध्यक्षमा कृष्ण लिम्बु सर्बसम्मत मनोनित भएका छन् भने कार्य समितिको सदस्यमा नेकपा एमालेको वडा अध्यक्ष परित्याग गरी कांग्रेसमा प्रवेश गरेका टेकप्रसाद रानालाई मनोनित गरिएको गाउँपालिका सभापति बिजु राईले जनाउनभुयो ।

यस्तै कार्यक्रममा चौबिसे गाउँपालिकाको तरुण सचिवमा गज बिक्रम लिम्बु र वडा नम्वर ६ को सभापतिमा सेसेहाङ लिम्बु चयन भएको राईले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.