उर्लाबारी नगरपालिका र भूमी आयोग बिच समझौता - Crazysaptahik.com

उर्लाबारी नगरपालिका र भूमी आयोग बिच समझौता

क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र राष्ट्रिय भूमी आयोग बीच धनीपुर्जा वितरण तथा नापी सम्वधी सम्झौता समपन्न भएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र जग्गा नापजाँच सम्बन्धी समझौता समपन्न् भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।

पालिकाले भुमि आयोगका अध्यक्ष केशव निरौला, भुमी व्यावस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठ र मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पश्चात् मेयर फागोले माघ महिनादेखि नै आयोगले तोकेका भुमीहिन हरुलाई धनिपुर्जा वितरणको प्रक्रियामा नगरपालिका लागि पर्ने प्रतिक्रिया दिए ।

भूमिहिन सम्वधी ऐन २०२१ को समसोधित रुप अनुसार गठित भएको आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सम्बोधन गर्ने गरी मोरङको उर्लाबारी सहित देशभरका ६८ वटा पालिकाहरूले समझौता सम्पन्न् गरेका छन् ।
मोरङमा उर्लाबारी सहित कानेपोखरी गाउपालिका, पथरीशनिश्चरे नगरपालिका, बुढिगगा गाउपालिका, सुन्दरहरैचा नगरपालिका, रतुवामाई नगरपालिका रहेका छन् ।

यस्तै भुमि आयोगका अध्यक्ष केशव निरौलाका अनुसार अघिल्लो आयोगले भराएका फर्महरुलाई निरन्तरता दिदै केही छुटेका हरुलाई अर्को सुचना प्रकाशन गरेर आव्हान गर्ने बताउनुभयो ।

साथै उनले अघिल्लो आयोगले गरेका कार्यहरुलाई निरन्तर रुपमा गठित आयोगले अगाडी बढाउने भन्दै माघ पहिलो सातादेखि नै आयोग भूमिहीनहरुलाई धनिपुर्जा वितरण गर्ने तयारीका साथ लागेको बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.