उर्लाबारी वडा नं. २ संस्कृति जर्गेनामा जुट्दै - Crazysaptahik.com

उर्लाबारी वडा नं. २ संस्कृति जर्गेनामा जुट्दै

क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी–२ मा बसोबास गर्ने धिमाल जातिहरुको संस्कृति संरक्षणमा स्थानीय वडा सरकार लागि परेको छ ।

स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृतिको जर्गेनामा टेवा पु¥याउने लक्ष्यका साथ धिमाल समुदायको जात्री पर्व मनाउने महाराजथान मन्दिर निर्माणमा वडा कार्यसमिति लागि परेको हो ।

जसअन्र्तगत उर्लाबारी–२ को भुसीमा निर्माण कार्य थालनी गरेको महाराजथान मन्दिरको शिलान्यास भएको छ । सो मन्दिरको शिलान्यास वडाअध्यक्ष राजन कुमार कडेलले गर्नुभएको छ ।

कडेलले मन्दिरको शिलान्यास गर्दै वडाले स्थानीय वडामा वसोवास गर्ने सम्पूर्ण जातजातिको भाषा, धर्म र संस्कृतिको जगेर्नामा सहयोग गर्दै जाने बताउनुभयो ।

वडा नम्वर २ मा उल्लेख्य संख्यामा बसोबास गर्दै आएको धिमाल समुदायले नयाँ वर्षको आगमन सगै आफ्नो जातिय सस्कृति झल्कने भेषभुषा र रितिरिवाज अनुसार महाराजथान मन्दिरमा जात्रि पर्व मनाउने गर्दछन् ।

धिमालहरु आफूलाई प्रकृति पुजकका रुपमा भुमिपुत्र रहेको दावी गर्दै आएका छन् भने उर्लाबारी नगरपालिकाले पनि धिमाल समुदायलाई पालिकाको पहिलो जातिका रुपमा घोषणा गरिसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.