आज मंगलबार १० औ बार्षिक साधारण सभा - Crazysaptahik.com

आज मंगलबार १० औ बार्षिक साधारण सभा

क्रेजी संवाददाता

शिबसताक्षी ।  झापाको शिबसताक्षी ८ स्थीत झिलझिलेमा रहेको सुलभ बचत तथा रिण सहकारी संस्थाले आज मंगलबार १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । झिलझिले स्थीत किराँत भवन मा आयोजित कार्यक्रमको वडा नम्बर ८ का अध्यक्ष तथा प्र्खअतिथि केहे्रसिंह बस्नेतले १० वटा क्यनडिल प्रजवलन गरि कार्यक्रमको उद्धघाटन गरे ।

सो अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद खरेलले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गरे । उनले १ करोड ६०लाख ३० हजार ५ सय ८० कुल रिण लगानी गरि ३२ लाख ७५ हजार ७ सय ६५ रपैया कुल नाफा गर्न सकेको प्रतिबेदन मार्फत उल्लेख गरे ।

उक्त कार्यक्रम संस्थाका ब्यबस्थापक रबिनचन्द्र राईले लेखा समितिको बार्षिकप्रतिबेदनप्रस्तुत गरेका थिए । सो अवसरमा सताक्षी बहुदेश्य सहकारी संस्थाका अध्यक्ष जगतबहादुर श्रेष्ठ, चौतारी बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष धनबहादुर राई ।

किसान र्कृषि सहकारी संस्थाका अध्यक्ष सनम राई लगायतले सुभकामना मन्तब्य बोलेका थिए । त्यसै गरि उत्कृष्ठ बचत कर्ता , उत्कृष्ठ रिणी , बउत्कृष्ठ बाल बचतकर्ता र उत्कृठ कर्माचारीलाई स्रम्मान गरिएको थियो ।

२सय ७१ जना सेयर सदस्य रहेको संस्थाले बिभिन्न बिपत जोखिममा सहयता गर्नु को साथै सामाजिक कार्यमा पनि अग्रसर रही सहयोग गर्दै आएको संस्थाका सचिब कृष्णचन्द्र सेलिङले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.