
क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ मा आलु र बंगुर पालन पकेट कार्यक्रमको मंगलबार पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको साना व्यवसायी कृषि उत्पादन (पकेट) कार्यक्रम अन्तर्गत आलु पकेट क्षेत्र सञ्चालक समितिमार्फत आलुको र पथरी शनिश्चरे बंगुर पालक समूहमार्फत बंगुरको कार्यक्रमको सार्वजनिक सुनुवाई भएको हो ।
सो कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई (किशोर), २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाई, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्की सहितले कृषि तथा पशुपंक्षी प्रवद्र्धन क्षेत्रमा नगरपालिकाको प्रयासलाई सवै मिलेर सार्थक बनाइ व्यवसायिक उन्नती गर्न शुभकामना व्यक्त गर्नुभयो ।
आलु पकेटका लागि नगरको ६ लाख र समूहको ५ लाख ५० हजार गरी ११ लाख ५० हजार बराबरको कार्यक्रम रहेको छ । त्यस्तै, बंगुर पकेटका लागि नगरको ६ लाख र समूहको ५ लाख १५ हजार गरी ११ लाख १५ हजारको कार्यक्रम रहेको छ ।

