प्रमोद खरेलले आज पथरी तताउने - Crazysaptahik.com

प्रमोद खरेलले आज पथरी तताउने

क्रेजी संवाददाता
पथरी । चर्चित गायक प्रमोद खरेलले आज पथरीशनिश्चरे–२ स्थापित सिनभिलेज पार्टी प्यालेसमा सांगीतिक प्रस्तुतिले माहोल तताउने भएका छन् ।

सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ नाम दिइएको सो कन्सर्टमा प्रमोदले आफ्ना चल्तीका गीतहरु पस्कनेछन् । खरेलको ‘चाहिदैन तिम्रो माया…, ‘ए माया…’, ‘म बाँचेकै…’, ‘म बिना..’, ‘यो कुरा गोप्य…’, ‘ओए झुमा…’ लगायत गीतहरु चर्चित छन् ।

आयोजक सिन भिलेज कम्पनी प्रा.लि.ले गरेको सो कन्सर्टमा गायकहरु नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र गायिका बबिना किरातीले पनि आ–आफ्नो प्रस्तुति पस्कनेछन् । साँझ ५ बजेदेखि हुने सो कन्सर्टमा ताराबीर पाण्डेले प्रस्तोताको भूमिका निर्वाह गर्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.