अस्पताल रेखदेखका लागि समिति गठन - Crazysaptahik.com

अस्पताल रेखदेखका लागि समिति गठन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर अस्पताल व्यवस्थापन समितिको आइतबारको बैठकले अस्पताल रेखदेखका लागि समिति गठन गरेको छ ।

नगर प्रमुख एवम् अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगर अस्पताल तथा नवनिर्मित भवन सम्पन्न र रेखदेखका लागि जग्गादाता समाजसेवी बाबुराम राई संयोजक र होमबहादुर गुरुङ, धनमाया गुरुङ र एकराज खत्री सदस्य रहेको समिति गठन गरेको छ ।

बैठकले चाँडो भन्दा चाँडो रुपमा अस्पतालमा इमरजेन्सी सेवा सञ्चालन गर्ने पनि निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.