हे दैव ! श्रीमानबाटै उड्यो पूजाको प्राणपखेरु ! ( भिडियो सहित) - Crazysaptahik.com

हे दैव ! श्रीमानबाटै उड्यो पूजाको प्राणपखेरु ! ( भिडियो सहित)

क्रेजी संवाददाता
पथरीशनिशचरे ।
मोरङको पथरीशनिश्चरेकी एक युवतीको आफ्नै श्रीमानको कुटाइबाट ज्यान गएको छ ।

मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले प्लाष्टिकको पाइपले कुटेर श्रीमती १९ वर्षीया पूजा विकको हत्या गरेका हुन् । मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले गत पुस ३० गते पत्नीमाथि कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । पूजाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

भिडियो:

सम्बन्धित खवर