पशुपंक्षीको उपचार तथा औषधि वितरण - Crazysaptahik.com

पशुपंक्षीको उपचार तथा औषधि वितरण

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नम्बर ३ मा आज निःशुल्क पशु उपचार शिविर सञ्चालन गरी ४ हजार ९ सय ४५ पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको छ ।

नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय २५ घरधुरीका ३ सय ७५ गाई÷भैंसी, ९ सय ३० बाख्रा, २ हजार ४ सय २५ कुखुरा, १ हजार २ सय १५ बंगुरलाई औषधि प्रदान गरिएको शाखा प्रमुख हेमचन्द्र दाहालले जनाउनुभयो ।

जसमध्ये, ४ हजार १ सय ४६ को मेडिकल उपचार, ७ सय ४१ को माइनर सर्जिकल उपचार र ५८ को गाइनोक्लोजिकल उपचार गरिएको छ ।

नगरको १ लाख रुपैयाँ बजेटमा सञ्चालित शिविरमा वडा सदस्य देवीप्रसाद घिमिरे सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.