धिमाल महिलालाई नेतृत्व विकास तालिम - Crazysaptahik.com

धिमाल महिलालाई नेतृत्व विकास तालिम

क्रेजी संवाददाता

झापा – झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोजनामा सात दिने नेतृत्व विकास तालिम सुरु भएको छ । ठुलो अर्नाखाडी दमक ४ मा रहेको धिमाल ग्रामथानको सभा हलमा धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमालले उद्घाटन गर्नुभएको थियो । धिमाल जातिमा पहिले भन्दा अहिले हरेक कुराहरुमा अब्बल बन्दै आएको र अझ अब्बल बन्न यस्ता कार्यक्रमको आवश्यक पर्छ र यो तालिम पश्चात धिमाल महिलाहरु हरेक कुराहरुमा अग्रणी भुमिका रहने दमक नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कुमार सामसुहाङले बताउनु भयो ।

तालिममा सहभागी धिमाल समुदाय भित्रका महिला सक्षम संगै नेतृत्व विकास हुने खुसी व्यक्त गर्दै आफुले लिएको ज्ञना र सिप अरुमाझ बाँड्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमालको भनाई रहेको थियो ।

धिमाल महिलाहरु हरेक तह तप्कामा कमै रहेके बताउदै अबको तालिमले हरेक कुरामा लिडरशिप गर्न सक्ने, उद्दोग, संघसंस्था दर्तागरी स्वरोजगार र आफुले उत्पादन गरेका हरेक चिजलाई व्यवस्थापन संगै बजारीकरणमा अग्रसर रहने उद्देश्य रहेको कार्यक्रमका संयोजक तथा धिमाल महिला संघा केन्द्रिय अध्यक्ष मन्जु धिमालले जानकारी दिनुभयो । तालिमको सहजिकरण वा प्रशिक ज्ञान तामाङले गर्नेछन् ।

कार्यक्रमको प्रमुख अतिथि धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमाल, विशिष्ठ अतिथि द्वय दमक वडा नम्बर ४ का अध्यक्ष कुमार सामसुहाङ र धिमाल जातिय विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष शान्ती धिमाल अतिथिहरुमा संविधान सभाका पूर्व साम्सद तथा धिमाल जातिय विकास केन्द्रका केन्द्रिय पूर्व उपाध्यक्ष, धिमाल जातिय विकास केन्द्रका केन्द्रिय सदस्य रोमान्सी धिमाल, लालबहादुर धिमाल र ठुलो अर्नाखाडी गाउँटोल अध्यक्ष पुजन धिमाल रहेका थिए भने तालिम अवधिभर कार्यक्रम व्यवस्थापनमा बिरबहादुर धिमाल र सचिन धिमाल रहनु भएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.