
भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा नेकपा एमालेको ४ र ५ नम्बर टोल कमिटी आज गठन गरिएको छ ।
पथरीशनिश्चरे १ को सुनाखरी माविमा भएको ४ नम्बर टोल कमिटीको अध्यक्षमा प्रमिशा धिमाल, उपाध्यक्षमा दुर्गाप्रसाद अधिकारी, सचिवमा रेखबहादुर श्रेष्ठ, उपसचिवमा बालकुमार पौडेल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमशः दिपक गौतम, प्रकाश शंकर, मनिस तामाङ, गणेश नायक, सन्जय मगर, हेम सुब्बा, रामचन्द्र कन्दङ्वा, तुलाराम अधिकारी, शान्ति धिमाल, टेकबहादुर बस्नेत, दुर्गा तिम्सिना र ललिता थेवे सर्वसम्मत चयन भएका हुन् ।
यस्तैगरी ५ नम्बर टोल कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव क्रमशः राहुल रसाइली, देव लिम्बु, चन्द्रबहादुर थाम्सुहाङ, अम्विका लिम्बु सर्वसम्मत चयन भएका छन् ।
सदस्यतहरुमा अनिता राई, किरण मोते, विशाल तामाङ, पूर्ण गुरुङ, पदम रसाइली, नरेश चेम्जोङ, रुष्तम लावती, ईश्वर भुजेल, मन्जु जवेगु, नरबहादुर थापा मगर, कृष्ण विश्वकर्मा, काजी राई, डिल्लीराज गुरुङ, राजेश मादेन, जय तामाङ, राजु मादेन, धनमाया चिमरिया, उज्वल लिम्बु, बादल लिम्बु, धिरज गुरुङ, कुमार राई, शान्ता सुब्बा, ईश्वरी सोनाम, काजीमान विक र श्याम घिमिरे रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जनसाँस्कृतिक मञ्चका केन्द्रीय सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य विरध्वोज शिवा रहेका थिए । यस्तै जिल्ला सदस्य बाबुराम ऐङ्देन विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १ कि उपाध्यक्ष देवी राईले राखेकी थिइन् भने अध्यक्षता अध्यक्ष प्रदिपकुमार राई रहेका थिए ।

