कला साहित्य प्रवद्र्धन समिति द्वारा एकल लोक नृत्य प्रतियोगिता - Crazysaptahik.com

कला साहित्य प्रवद्र्धन समिति द्वारा एकल लोक नृत्य प्रतियोगिता

क्रेजी साप्ताहिक
पथरी–
कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे ४ को आयोजनामा एकल लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम शनिबार सम्झना चोकस्थित चन्द्रमा युवा क्लबको भवनमा सम्पन्न भएको हो ।

कार्यक्रममा पथरी शनिश्चरे वडा नम्बर–४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायक अथितिहरु क्रमशः पवन सुब्बा, चन्द्र तामाङ र अभिषेक मगर रहेका थिए ।

 

 

कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष भण्डारीले गीत,संगीत, भाषा साहित्यलाई जोगाउनु पर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा १२ जना सहभागीहरुले सहभागिता जनाएका थिए । सहभागि मध्ये प्रथमः गरिमा मगर, द्वतियः कृपा पोखरेल, तृतियः बिनिता राई भएकी थिईन । प्रतियोगीतामा प्रथम, द्वतिय, तृतिय प्रतियोगीलाई क्रमश, नगद, प्रमाण पत्र र टफी प्रमुख अथिति भण्डारी द्वारा प्रदान गरीएको थियो । अन्य सहभागीहरुलाई पनि प्रमाण पत्र बितरण गरीएको थियो ।

कार्यक्रमको अन्त्यमा बोल्दै समितिका अध्यक्ष राम बिकले भने, विद्यार्थीहरुमा रहेको प्रतिभालाई निर्खानका निम्ति कला सहित्य प्रर्वदन समिति वडा नम्बर ४ ले बिध्यालयहरुमा २ घण्टे वक्सप चलाउने जानकारी गराए ।

सम्बन्धित खवर