
क्रेजी संवाददाता
पथरी । नगरस्थित सहकारी शाखाले पथरी शनिश्चरे नगरका ५ सहकारी संस्थाको सघन अनुगमन गरिएको छ ।
प्रदेश सहकारी रजिष्टारको कार्यालयले उपलब्ध गराएको सघन अनुगमनको फर्मेट अनुसार नगरको नियमन क्षेत्राधिकारभित्रका ५ सहकारीको त्यस प्रकारको अनुगमन गरिएको हो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, सहकारी शाखा प्रमुख केशवदेवी धमला, आन्तरिक लेखा परीक्षण अधिकृत सरोज भट्ट सहित सम्बन्धित वडाका प्रतिनिधिहरुको सहभागितामा अनुगमन गरिएको छ ।
वडा नम्बर १ को शंकर वचत, नवसृजना वचत, २ को देवीगञ्ज वचत, ८ को सिद्धेश्वर वचत र ९ को गृहलक्ष्मी महिला वचत सहकारी संस्थाको अनुगमन भएको हो । अनुगमनमार्फत पल्र्स विश्लेषण गर्दा सवैभन्दा बढी (७.१२ अंक) गृहलक्ष्मी महिला वचतले प्राप्त गरेको छ । अन्यको कम्तिमा ३० अंक रही साधारणस्तरमा परेको छ । सवै सहकारीको पल्र्स विश्लेषणको अंकमा सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जनाउनु भयो ।

