कानेपोखरीमा नयाँ प्रशासकीय अधिकृत घिमिरे - Crazysaptahik.com

कानेपोखरीमा नयाँ प्रशासकीय अधिकृत घिमिरे

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा नव प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई स्वागत गरिएको छ ।

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भइ कानेपोखरी आएका घिमिरेलाई पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम लगायतले स्वागत गरेका हुन ।

आज बिहिवार पालिकाको सभाहलमा सम्पन्न स्वागत कार्यक्रममा बोल्दैँ पालिका अध्यक्ष काफ्लेले गाउँपालिकाको प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउँन अधिकृतको योगदान प्रभावकारी रहने कुरामा आफु विश्वस्त रहको बताउँदै सफल कार्यकाल शुभकामना दिए ।

यस्तै, उपाध्यक्ष राजमती इङ्नामले अधिकृत घिमिरेलाई स्वागत गर्दै भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन र कानेपोखरीलाई नमुना पालिकाको रुपमा निर्माण गर्न अहम भुमिका खेल्न आग्रह गरिन ।
सो अवसरमा अधिकृत घिमिरेले सम्पुर्ण कार्यहरू बाडँफाड गरेर सौहादपुर्ण वातावरणमा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए । साथै उनले जनप्रतिनिधि र कर्मचारीहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । घिमिरे पथरी शनिश्चरे नगरपालिका ५ हसन्दहका स्थायी निवासी हुन ।

सो कार्यक्रममा वडा अध्यक्षहरू चरण गुरुङ, मोहनप्रसाद अधिकारी, खडग बस्नेत, पालिका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको थियो । नव अधिकृत सन्तोष घिमिरे आउँनु अघि यस कानेपोखरी गाउँपालिकामा गायत्र श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका थिए । विगत १ वर्ष ६ महिनादेखी कार्यरत उनी हाल सरुवा भएर मुख्यमन्त्री परिषदको कार्यालय विराटनगर गएका छ्न । उनलाई पालिकाले गत सोमबार बिदा गरेको थियो ।

 

सम्बन्धित खवर