मालीलाई पेनाल्टी सुटआउटमा हराउँदै इक्वेटोरियल गिनी क्वाटरफाइनलमा - Crazysaptahik.com

मालीलाई पेनाल्टी सुटआउटमा हराउँदै इक्वेटोरियल गिनी क्वाटरफाइनलमा

मालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।क्यामरुनमा भइरहेको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

जहाँ २० वर्षीय गोलकिर जेसस ओवाना नायक बने । उनले मालीका दुई पेनाल्टी प्रहार रोकेपछि गिनी विजयी भयो । गिनीले मालीलाई सुटआउटमा ६–५ ले पराजित गरेर क्वाटरफाइनलमा पुग्यो ।

सुरुको ५–५ पेनाल्टी प्रहारमा दुवै टिमले ३–३ गोल मात्र गरेपछि खेल सडनडेथमा पुगेको थियो । जहाँ इक्वेटवरियल गिनीले ३ गोल गर्दा मालीले २ गोल मात्र गर्न सक्यो । मालीका फलाया साको अन्तिम पेनाल्टी प्रहार इक्वेटोरियल गिनीका गोलकिपर ओवानाले रोकेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.