महिला समूहलाई आत्मनिर्भर बनाउन ढाकातान तालिम - Crazysaptahik.com

महिला समूहलाई आत्मनिर्भर बनाउन ढाकातान तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा अवस्थित दोहोलु शुक्रबारेमा पथरी शनिश्चरे नगरपालिकाको सहयोग र नुमाफुङ महिला समुहको आयोजनामा पैंतालीस दिने ढाकातान तालिम सुरुवात भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले महिलाहरु सामाजिक र आर्थिक परिवर्तनमा सिपमुलक तालिमहरु मार्फत् दक्ष भएर आत्मनिर्भर बन्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

मन्तव्यको क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पथरी शनिश्चरे ८ का अध्यक्ष नवीन कार्कीले यो ढाकातान समुहलाइ एउटा ढाका कम्पनिका रुपमा अगाडी बढाएर उत्पादित सामाग्रीको बजारको ब्यबस्थापन गरि ग्रामीण भेगका महिलाहरूको आर्थिकस्तरमा बिकास गर्न आफूहरुले सहयोग गर्ने बताउनुभयो ।

कार्कीले युवा तथा महिलाहरुलाइ माछा दिने नीति भन्दा पनि माछा मार्नसक्ने सिप सिकाएर सधंैको लागि आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको बताए ।

नुमाफुङ महिला समुहको अध्यक्ष सुजता लिम्बुले आफुहरुलाइ समूह गठन गरिदिएर महिला सशक्तीकरणमा निरन्तर सहयोग गर्ने समाजसेवी नवीन कार्की र बजेट व्यबस्थापन गरिदिनुहुने नगर उपप्रमुख यमुना बिष्टलाइ धन्यवाद ब्यक्त गर्दै समूहले महिलाहरुलाइ सामाजिक र आर्थिक रुपमा अगाडी बढाउने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी बाबुराम चौधरी, रमेश कटुवाल, झमक कुरुम्भङ, कमल भण्डारी, जितबहादुर तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.