नाडाल छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा - Crazysaptahik.com

नाडाल छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा

स्पेनिस टेनिस खेलाडी राफेल नाडाल छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । अष्ट्रेलियाको मेलवर्नमा भइरहेको यस सिजनको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको पहिलो सेमिफाइनलमा शुक्रबार इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडाल फाइनल पुगेका हुन् ।

नाडालले बेरेट्टिनीलाई ६–३, ६–२, ३–६, ६–३ ले पराजित गरे । समग्रमा नाडालको यो २९ औं ग्राण्डस्लाम फाइनल हो र उनी कीर्तिमानी २१ औं पटक ग्राण्डस्लाम उपाधि नजिक पुगेका छन् ।

त्यसका लागि अब ३५ वर्षीय नाडालले स्टेफानोस टिटिपास र डानियल मेदभेदेभबीच हुने दोस्रो सेमिफाइनलको बिजेतासंग खेल्नेछन् ।नाडालसंगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्राण्डस्लाम जितेका छन् ।

यसअघि ५ पटक अष्ट्रेलियन ओपनको फाइनल खेलेका नाडालले २००९ मा उपाधि जितेका थिए । त्यसपछि २०१२, २०१४, २०१७ र २०१९ को फाइनलमा भने नाडाल पराजित भएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.