श्रमिक संघ संगठनका पदाधिकारीसँग विधायन समितिको अन्तरक्रिया - Crazysaptahik.com

श्रमिक संघ संगठनका पदाधिकारीसँग विधायन समितिको अन्तरक्रिया

क्रेजी संवाददाता
पथरीशनिश्चरे । अनौपचारिक श्रमित हित व्यवस्थापन कार्यविधि निर्माणका लागि मोरङको पथरीशनिश्चरे नगर भित्रका श्रमिक संघ संगठनका पदाधिकारीसँग विधायन समितिले अन्तरक्रिया सम्पन्न गरेको छ ।

समितिका संयोजक डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरका श्रमिकहरुको हितका लागि नगर लागिपरेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

नगरका कानूनी सल्लाहकार दीपककुमार राईले सहजिकरण गर्दै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हितका लागि कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको र त्यसमा उल्लेख गर्ने विषयमा छलफल गराउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.