८६ लाख बराबरको सम्पत्ति हिनामिना गरी श्रीमती फरार, श्रीमानको बिचल्ली (भिडियो सहित्) - Crazysaptahik.com

८६ लाख बराबरको सम्पत्ति हिनामिना गरी श्रीमती फरार, श्रीमानको बिचल्ली (भिडियो सहित्)

क्रेजी संवाददाता
गौरादह ।
मिठो खाने राम्रो लगाउने अनि परिवारलाई सुख सयलमा राख्ने आशा बोकेर दिनहँु लाखै युवाहरु वैदेशिक यात्रामा हेमिने गर्छन् तर के गर्नु विडम्बना त्यही परिवारको साथ र सहयोग नहँुदा अनेकन समस्या झेल्दै विचल्ली बन्न बाध्य छन् कैयन युवाहरु । अहिले परिस्थिति सृजना भएको छ झापा गौरादहका गणेश श्रेष्ठको ।

उनीहरुको विवाह भएको ११ वर्ष भयो, आफूले कमाएर श्रीमतीको विश्वास गरेर पठाएको रकम अनि सम्पत्ति लिएर श्रीमती नै फरर भएपछि, यति खेर झापा गौरादहका गणेश श्रेष्ठ मिडियाको सहारा लिन आइपुगेका छन् । उनले विदेशमा छदा श्रीमती यमुना उर्फ अस्मिता श्रेष्ठलाई रकम पठाउने गर्दथे ।

त्यही विश्वासलाई उनको श्रीमतीले तोडिदिएकी छिन् । उनको श्रीमतीले यतिका वर्ष कमाएको रकम ८६ लाख लिएर फरार भएकी छिन् । अहिले अस्मिता कहाँ छिन अत्तोपत्तो छैन । उनीहरुको २ सन्तान रहेका छन्, जेठो सन्तानको रुपमा ८ वर्षकी छोरी र ५ वर्षको छोरा छन् । श्रीमानले रुँदै छोराछोरी र मेरो विचल्ली भयो ।

हेर्नुहोस् भिडियो ः

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.