
आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर समूह ए को पहिलो खेलमै नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शुक्रबार टी–२० ग्लोबल क्वालिफायरको समूह ‘ए’को औपचारिक खेल तालिका सार्वजनिक गरेको छ ।
ग्लोबल क्वालिफायर ए मा सहभागि ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ । ग्लोबल क्वालिफायरको पहिलो समूहमा नेपालसहित ओमान, क्यानडा र फिलिपिन्स छन् । यस्तै अर्काे समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
नेपाल र ओमानबीच १८ फेब्रुअरीमा उद्घाटन खृल हुनेछ । यस्तै नेपालले फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ का क्यानडासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुईमा रहने टिम सेमिफाईनल प्रवेश गर्नेछन्।
सेमिफाईनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुनेटी–२० विश्वकपमा छनोट हुनेछन् । टी–२० विश्वकप छनोट अघि नेपाल, आयरल्यान्ड, ओमान र युएई सम्मिलित टी–२० सिरिज खेल्नेछ ।


